गुडविल फाइनान्सको एक लाख कित्ता संस्थापक शेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

गुडविल फाइनान्सको एक लाख कित्ता संस्थापक शेयर बिक्रीमा



काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले आज देखि आफ्नो संस्थापक शेयर विक्रीमा राखेको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुका लागि एक लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।

शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितीले ३५ दिनभित्र काठमाण्डौंको हात्तिसारमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आफुले खरिद गर्न चाहेको दर उल्लेख गरी आवदेशन पेश गर्नुपर्ने छ।

निर्धारित मितिभित्र शेयर खरिदका लागि कुनै पनि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई शेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित : 1 July, 2025 11:00 am