काठमाडौं । एन आई सी एशिया बैंकले आफ्ना सम्पूर्ण ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न आग्रह गरेको छ। बैंकका अनुसार “आयकर ऐन २०५८” बमोजिम ग्राहकको खाताबाट गरिएको कर कट्टी विवरण नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गत आन्तरिक राजस्व विभागको स्थायी लेखा नम्बर प्रणालीमा समावेश गर्नुपर्ने भएकाले यस्तो अनुरोध गरिएको हो।
ग्राहकहरूका लागि प्यान अद्यावधिक प्रक्रिया सहज बनाउन बैंकले आफ्नै अनलाइन पोर्टल तथा मोबाइल बैंकिङ एपमा ‘प्यान अपडेट’ सुविधा उपलब्ध गराएको छ। साथै, बैंकको कुनै पनि शाखाबाट समेत आवश्यक कागजातसहित प्यान अद्यावधिक गर्न सकिने व्यवस्था मिलाइएको छ।
बैंकका अनुसार निक्षेपकर्ताको ब्याजभुक्तानीबाट कट्टी गरिएको करलाई आन्तरिक राजस्व विभागको कर विवरण प्रणाली ९ष्त्बह० मा अद्यावधिक गर्न प्यान अनिवार्य हुन्छ। प्यान अद्यावधिक भइसकेपछि कर कट्टीको विवरण स्वतः अनुसूची–१० मा मिलान हुने हुँदा ग्राहकलाई कर कट्टी प्रमाणपत्र तथा कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सजिलो हुने बैंकको भनाइ छ।
प्यान अद्यावधिक नगरेमा कर विवरण ९ष्त्बह० मा ब्याज कर दाखिला नहुने, वा पछि समायोजन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै बैंकले त्यसप्रति आफू जिम्मेवार नहुने स्पष्ट पारेको छ।
एन आई सी एशिया बैंकले लाखौं ग्राहकहरूको वित्तीय कारोबारलाई अझै पारदर्शी र कर प्रणालीमैत्री बनाउने लक्ष्यसहित यो पहल सुरु गरेको जनाएको छ।
Comment