लगानिको वातावरण सुनिश्चित गरिदिन आग्रह गर्दै जनकपुरधाम उद्योग वाणिज्य संघले बुझायो ज्ञापन पत्र « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

लगानिको वातावरण सुनिश्चित गरिदिन आग्रह गर्दै जनकपुरधाम उद्योग वाणिज्य संघले बुझायो ज्ञापन पत्र



जनकपुर । उद्योगी व्यवसायीलाई लगानिको वातावरण सुनिश्चित गरिदिन आग्रह गर्दै जनकपुरधाम उद्योग वाणिज्य संघले धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ। आईतबार जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीसहित संघका पदाधिकारी, सदस्य र व्यापारीहरुले विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएका छन् ।

संघले शनिबार धनुषाको रमदैयास्थित वान्डरल्याण्ड वाटरपार्कमा भएको घटनाको सत्यतथ्य छानबीन गरी दोषीलाई कारबाही गर्न मागसमेत गरेको छ । त्यस्तै, जनकपुरधाममा रहेका उद्योग, कलकारखाना, व्यपारीक प्रतिष्ठान, व्यवपारिक वर्गसमेतलाई आवश्यक सुरक्षा प्रदान गरी लगानिको वातावरण सुनिश्चित गरिदिन ज्ञापन पत्रमा उल्लेख रहेको छ ।

त्यस्तै, व्यवसायीहरुको सुरक्षाका लागि मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाईसमेत ध्यानाकर्षण गराउने संघका अध्यक्ष भण्डारीले जानकारी दिए ।

शनिबार धनुषाको रमदैयास्थित वान्डरल्याण्ड वाटरपार्कमा विद्यार्थी, व्यवस्थापन र प्रहरीबीच झडप भएको थियो । सो क्रममा पार्कमा लाखौंको क्षतिसमेत भएको थियो । उक्त घटनाले जनकपुरधामका व्यापारीहरुमा सुरक्षाको दृष्टिकोणले यहाँ लगानि सुनिश्चित नभएको आशंका उम्रिएको छ ।

प्रकाशित : 18 May, 2025 7:03 pm