माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी अाए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी अाए



काठमाडाै १७ बैशाख । माछापुच्छ्रे बैंक लिमिटेडको संचालक समितिको अध्यक्षमा रोशन केसी नियुक्त भएका छन। बैंक तथा वित्तीय संस्थासम्बन्धि ऐन, बाफियाको प्राबधान अनुसार संचालक समितिका बहालवाला अध्यक्ष तथा सभासद डा. बिरेन्द्र प्रसाद महतोले बैंकको संचालक तथा अध्यक्ष पदबाट राजिनामा दिए पश्चात केसीलाई अध्यक्षमा नियुक्ती गरिएको बैंकले जनाएको छ।

बैशाख १४, बिहिबार बसेको संचालक समितिको बैठकले रोशन के.सी. लाई सर्वसम्मतिले सञ्चालक समितिको अध्यक्षमा मनोनित गरेको बैंकले जनाएको छ। राष्ट्रपति विद्यादेबी भण्डारीबाट प्रमाणीकरण भएको बाफिया ऐनले संवैधानिक पद धारण गरेको व्यक्ति त्यस्तो पदमा बहाल रहुन्जेल बैंक वा वित्तीय संस्थाको संचालक समितिमा बस्न नसक्ने व्यवस्था गरेको छ।

प्रकाशित : 30 April, 2017 2:59 pm