प्राइम कमर्सियल बैंकको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्राइम कमर्सियल बैंकको लाभांश घोषणा



काठमाडौं । प्राइम कमर्सिय बैंकले लाभांश घोषणा गरेको छ । आइतबार बिहान बसेको बैंकको सञ्चालक समिति बैठकले गत आवको नाफाबाट ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

बैंकले आव २०८०/८१ को नाफाबाट ९७ करोड १ लाख २५ हजार ७८६ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी साधारणसभाबाट पारित भएपछि वितरण गरिने जानकारी बैंकको छ ।

प्रकाशित : ११ कार्तिक २०८१, आईतवार १०:५८