राष्ट्रिय स्तरका विकास बैंकहरुले कमाए दुई महिनामै डेढ अर्ब नाफा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बिशेष

राष्ट्रिय स्तरका विकास बैंकहरुले कमाए दुई महिनामै डेढ अर्ब नाफा



काठमाडाैं । राष्ट्रिय स्तरका विकास बैंकहरुले दुई महिनामै डेढ अर्ब नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८१–८२ को साउन र भदौ महिनाको तथ्याङ्कले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा आठ वटा विकास बैंकले १ अर्ब ६२ करोड ९९ लाख २० हजार बढी खुद नाफा कमाएका हुन् । साउन र भदौमा सर्वाधिक नाफा मुक्तिनाथ विकास बैंकले कमाएको छ । समिक्षा अवधिमा बैंकको नाफा ३२करोड ५८ लाख ६० हजार रुपैयाँ रहेको छ ।

नाफामा मुक्तिनाथलाई गरिमा विकास बैंकले पच्छ्याएको देखिन्छ । गरिमाले दुई महिनामा २८ करोड ८९ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

तेस्रो सूचीमा रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले २१ करोड ५४ लाख ९० हजार रुपैयाँ नाफा कमाएको छ ।

यस्तै, ज्योति विकास बैंकले १९ करोड ६२ लाख ७० हजार, कामना सेवा विकासले १७ करोड ६९ लाख ७० हजार, महालक्ष्मी विकास बैंकले १७ करोड १४ लाख ६० हजार, सांग्रिला डेभलपमेन्टले १४ करोड ३० लाख ६० हजार र लुम्बिनी विकास बैंकले ११ करोड १८ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

प्रकाशित : ५ कार्तिक २०८१, सोमबार १७:५२