काठमाडौं । एक वर्षको अवधिमा समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले ५१ लाख ३० हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय रिपोर्ट अनुसार यस्ता देखाएको हो ।
जुन अघिल्लो वर्षको यसैअवधिको तुलनामा खुद नाफा ३२.३४ प्रतिशतले घटेको हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्ममा भने संस्थाले ७५ लाख ८२ हजार रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।
संस्थाको खुद ब्याज आम्दानी भने बढेको छ । खुद ब्याज आम्दानी ४.७८ प्रतिशतले बढेर २ करोड २ लाख रुपैयाँ पुगेको छ । संस्थाको अन्य सञ्चालन आम्दानी ६० लाख २२ हजार रुपैयाँबराबर रहेको छ ।
यस्तै संस्थाको सञ्चालन मुनाफा भने २ करोड ३० लाख रुपैयाँ रहेको छ । संस्थाको निक्षेप संकलन १४ करोड ४६ लाख रुपैयाँबाट बढेर १६ करोड ५ लाख रुपैयाँ पुगेको छ । संस्थाले कर्जा प्रवाह पनि ३९ करोड ९९ लाख रुपैयाँबाट बढाएर ४४ करोड २७ लाख रुपैयाँ पुर्याएको छ ।
संस्थाले रिजर्भको आकार भने ३०७९ प्रतिशतले बढाएको छ । अघिल्लो आवको चौथो त्रैमाससम्ममा ९ लाख ३४ हजार रुपैयाँ रहेको रिजर्भको आकार २ करोड ९६ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिसम्म संस्थाको खराब कर्जा अनुपात ४.८२ प्रतिशत कायम भएको छ। समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी २२.४५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २२९.९६ रुपैयाँ र तरलता अनुपात ३.६७ प्रतिशत कायम भएको छ ।
Comment