एक वर्षमा देशकाे व्यापार घाटा साढे १४ खर्ब पुग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

एक वर्षमा देशकाे व्यापार घाटा साढे १४ खर्ब पुग्यो



काठमाडौं । एक वर्षमा नेपालले झन्डै १६ खर्ब बराबरको आयात गरेको छ । भन्सार विभागले प्रकाशन गरेको गत आर्थिक वर्ष २०८०/८१ को साउनदेखि असारमसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

गत आव भर नेपालले कुल १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख २८ हजार रुपैयाँ बराबरको आयात गरेको छ । तर, यो आयात अघिल्लो आवको तुलनामा भने १.१६ प्रतिशत कमी हो । अघिल्लो आवमा पनि कुल १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख रुपैयाँ बराबरको आयात भएको थियो ।

यस अवधिमा आयात र निर्यात दुबै घटेको देखिन्छ । अघिल्लो आवको तुलनामा निर्यात ३.०३ प्रतिशत घटेको छ । अघिल्लो आवमा कुल १ खर्ब ५७ अर्ब १४ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । तर, गत आवमा भने घटेर १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँ कायम भएको छ ।

गत वर्ष नेपालले कुल १७ खर्ब ४५ अर्ब ३६ करोड ६७ लाख ७२ हजार रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । तर, आयातको तुलनामा निर्यात ज्यादै कम हुँदा व्यापार घाटा पनि साढे १४ खर्ब कायम भएको छ। विभागका अनुसार गत वर्ष नेपालले कुल १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ ।

प्रकाशित : ७ श्रावण २०८१, सोमबार १७:४८