काठमाडौं । उद्योग विभागले भारतबाट चिनी ल्याउन १० वटा उद्योगलाई अनुमति दिएको छ। भारत सरकारबाट नेपाललाई चिनी आयातका लागि तोकिएको कोटाबमोजिम चिनी औद्योगिक कच्चा पदार्थका रुपमा प्रयोग गर्ने गरी आयात गर्न विभागले १० वटा उद्योगलाई अनुमति दिएको हो।
मन्त्रालयका अनुसार ललितपुरको एग्रो थाइ फुड र सुनसरीका गुडलाइफ वेभरेज, एसियन बिस्कुट एन्ड कन्फेक्सनरी, क्वालिटी फुड नेपाल प्रालि, क्वालिटी फुड एन्ड स्न्याक्स इन्डस्ट्रिज प्रालि, क्वालिटी कन्फेक्सरी प्रालि र क्वालिटी डाइट एन्ड फुड प्रोडक्सन प्रालिले चिनी आयात गर्ने अनुमति पाएका हुन् ।
त्यस्तै विराटनगरको शिवम डेरी एन्ड फुड इन्ड्रस्ट्रिज प्रालि, झापाको केआरएस भेन्चर्स र पोखराको सुजल फुड्सले चिनी आयात गर्ने अनुमति पाएको छ ।
उद्योग विभागले यी उद्योगलाई यथाशीघ्र विभागमा सम्पर्क गर्न समेत भनेको छ ।
Comment