नेपालमा भित्रने रेमिट्यान्स १९.३ प्रतिशतले बढ्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नेपालमा भित्रने रेमिट्यान्स १९.३ प्रतिशतले बढ्याे



काठमाडौं । चालू आर्थिक वर्ष २०८०/०८१ को ११ महिनामा नेपालमा भित्रने रेमिट्यान्स १९.३ प्रतिशतले बढेको छ । चालू आवको जेठ मसान्तसम्म १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स २२.७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स १७.३ प्रतिशतले

वृद्धि भई ९ अर्ब ९८ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो रेमिट्यान्स १३.० प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख २२ हजार ९३६ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ६२ हजार ७०५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख ५९ हजार ४१५ र २ लाख ६० हजार २६२ रहेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर १७.३ प्रतिशतले वृद्धि भई १४ खर्ब ४३ अर्ब ६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २१.९ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित : २६ असार २०८१, बुधबार २१:४३