पञ्चकन्या स्टीलले पायाे ग्रिन प्रो प्रमाणपत्र « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

पञ्चकन्या स्टीलले पायाे ग्रिन प्रो प्रमाणपत्र



काठमाडाै। पञ्चकन्या स्टील प्रा. लि.ले ५०० एक्सडि र ५५० एक्सडि रिबार (फलामे छड) हरूले प्रतिष्ठित ग्रीनप्रो प्रमाणपत्र प्राप्त गरेको छ ।

कन्फेडेरेसन अफ इन्डियन इण्डष्ट्री सिआइआइ – सोराभजी गोदरेज ग्रीन बिजनेस सेन्टरद्वारा प्रदान गरिएको ग्रीनप्रो प्रमाणपत्रले वातावरणीय प्रदूषणका लागि कडा मापदण्डहरू पूरा गर्ने उत्पादनहरूलाई मान्यता दिन्छ । यो प्रमाणपत्र ग्रहण पश्चात् पञ्चकन्या स्टीलको उच्च गुणस्तर र पर्यावरणमैत्री सामग्रीहरू उत्पादन गर्ने प्रतिबद्धतालाई अझ उजागर गरेकाे कम्पनीकाे धारणा छ ।

ग्रिन प्रो इकोलेबललाई ग्लोबल इकोलेबललिङ नेटवर्क(GEN)द्वारा जेनिसेश-GEN’sको अन्तर्देशीय रूपमा समन्वित इकोलेबललिङ प्रणाली मार्फत मान्यता प्राप्त छ । ग्रिनप्रो प्रमाणपत्र प्राप्त स्टील रिबारहरूले प्रयोगकर्ताहरूका लागि महत्वपूर्ण फाइदाहरू ल्याउने कम्पनीकाे भनाइ छ।कम्पनीका अनुसार यी रिबारहरूले हरित भवन प्रमाणपत्रहरू प्राप्त गर्न मान्यता र ख्याति प्राप्त हुने, स्रोतको खपत घटाएर उत्पादनमा सुधार गर्ने र विषाक्त पदार्थहरू हटाएर सुरक्षालाई सुनिश्चित गर्नेछ । संरचनात्मक डिजाइनरहरूको लागि, यी उच्च गुणस्तरका फिलामे डण्डीहरूले राम्रो डिजाइनलाई समर्थन गर्दछ, टिकाउपना बढाउँछ, विश्वास जगाउँछ र निर्माण लागत तथा प्रभावकारिता र निर्माणको गति बढाउने कम्पनीकाे दाबी छ । निर्माताहरूका लागि ग्रीनप्रो प्रमाणपत्रले उत्पादनहरूलाई प्रतिस्पर्धीहरूबाट फरक पार्दछ, नवप्रवर्तनलाई प्रोत्साहित गर्दछ, स्रोत संरक्षण बढाउँछ र वातावरणीय उत्कृष्टता कायम गर्जने कम्पनीकाे भनाइ छ ।

पञ्चकन्याले एक विज्ञप्ती जारी गर्दै लेखेकाे छ, “सम्पूर्ण पञ्चकन्या परिवार यो मान्यताबाट अत्यन्त गौरवान्वित छ, जसले नवप्रवर्तन र उत्कृष्टताप्रति समूहको निरन्तर प्रतिबद्धतालाई प्राथमिकतामा राख्दछ । पाँच दशकभन्दा बढीको अनुभव सहित, पञ्चकन्या समूहले दिगो उत्पादन र अभ्यासका लागि नयाँ मापदण्डहरू स्थापित गर्दै उद्योगलाई नेतृत्व गर्न जारी राखेको छ, गुणस्तर र वातावरणीय जिम्मेवारीलाई हातेमालो गर्दै बजारको सुनिश्चित गर्दछ । पञ्चकन्या समूहले वातावरणीय उत्तरदायित्व र गुणस्तरलाई प्राथमिकता दिदै भविष्यमा पनि आफ्नो नवप्रवर्तनशील उत्पादनहरू र दिगो विकासको लक्ष्यप्रति दृढ रहनेछ ।”

पञ्चकन्या स्टीलको ५०० एक्सडि र ५५० एक्सडि रिबारहरू भैरहवामा निर्माण हुन्छ । यो प्रमाणपत्रले पञ्चकन्या स्टीलको दिगो निर्माण सामग्रीहरूमा अग्रणीको रूपमा स्थिति अझ बलियो बनाएको र यसले नेपालमा हरित क्रान्तिलाई समर्थन गर्ने कम्पनीले जनाएकाे छ ।

पञ्चकन्या समूहले नेपालमा स्टील, प्लास्टिक, निर्माण सामग्री र जलविद्युतमा रुचि राख्ने कम्पनीले जनाएकाे छ । कम्पनीका अनुसार समूह दिगोपन र नवप्रवर्तनमा प्रतिबद्ध छ, जसले नेपालको आर्थिक वृद्धि र वातावरणीय स्वास्थ्यमा योगदान पु¥याउँछ ।

प्रकाशित : ६ असार २०८१, बिहीबार ०९:३१