कर्जा ग्राहकहरुलाई एनआईसी एशिया बैंकले ल्यायो शत प्रतिशतसम्मको छूट योजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कर्जा ग्राहकहरुलाई एनआईसी एशिया बैंकले ल्यायो शत प्रतिशतसम्मको छूट योजना



काठमाडौं । एनआईसी एशिया बैंकले कर्जा ग्राहकहरुलाई छूट सम्वन्धी योजना सार्वजनिक गरेको छ। कम्पनीले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने उद्धेष्यले छूट योजना ल्याएको हो ।

कम्पनीले २०८० चैत मसान्तसम्ममा भाखा नाघेका कर्जाहरुको हकमा सम्वन्धित ऋणीले सम्पूर्ण कर्जा रकम आगामी जेठ महिना भित्रमा चुक्ता गरेमा जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत छूट र साधारण वक्यौता ब्याज रकममा समेत छूट प्रदान गर्ने योजना ल्याएको हो।

मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालूपूँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकहरूले उक्त योजनामा सहभागी भएर लाभ लिन सक्ने पनि कम्पनीले बताएको छ ।

यस्तो छ छूट योजना :

राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हितको निमित्त सबै सरोकारवालाहरूले आ–आफ्नो हिसाबले योगदान पुर्याउनुपर्ने टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न कम्पनीले ऋणीहरूका लागि कर्जामा आकर्षक ब्याज छूटको व्यवस्था गरेको पनि बताएको छ ।

कम्पनीले ल्याएको यस प्रकारको छूट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकहरूको वित्तीय भार कम गर्न केहि हदसम्म भए पनि मद्दत पुग्ने विश्वास कम्पनीले लिएको छ ।

प्रकाशित : १६ जेष्ठ २०८१, बुधबार १२:४७