२ अर्ब २७ करोडभन्दा बढीको सेयर निश्काशन हुँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

२ अर्ब २७ करोडभन्दा बढीको सेयर निश्काशन हुँदै



काठमाडाै ९ चैत  । तीन वित्तीय संस्थाले २ अर्ब २७ करोडभन्दा बढीको हकप्रद निस्कासनका लागि धितोपत्र बोर्डमा आबेदन दिएका छन् । यसरी हकप्रदका लागि धितोपत्र बोर्ड पुग्नेमा सनराइज बैंक, गरिमा बिकास बैंक र गुडविल फाइनान्स रहेका छन् । सनराइज बैंकले एक अर्ब ६३ करोड ५९ लाख ६३ हजार ६ सय रुपैयाँ बराबरको एक करोड ६३ लाख ५९ हजार ६३६ कित्ता हकप्रद निस्कन गर्न लागेको हो।

बैंकले साबिक १० सेयर हुनेलाई तीन हकप्रद दिन लागेको हो। हकप्रद निस्कासनको लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ। त्यस्तै, गरिमा बिकास बैंकले ९० करोड ७६ लाख २९ हजार ६ सय ६६ रुपैयाँ बराबरको ९० लाख ७६ हजार २६६ कित्ता हकप्रद निस्कासन गर्न लागेको हो। बैंकले साबिक १० सेयर हुनेलाई ७ हकप्रद निस्कासन गर्न लागेको हो। बैंकले हकप्रद निस्कासनको लागि एस क्यापिटललाइ बिक्री प्रबन्धक तोकेको छ।

यसैगरी, गुडविल फाइनान्सले २७ करोड २२ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २२ हजार ५०० कित्ता हकप्रद निस्कासन गर्ने भएको छ। फाइनान्सले साबिक १० सेयर हुनेलाई ६ हकप्रद सेयर दिन लागेको हो। फाइनान्सले एनआइबिल क्यापिटल लिमिटेडलाई बिक्रि प्रबन्धक तोकेको छ।

प्रकाशित : १० चैत्र २०७३, बिहीबार ०७:१९