बीमाले उचाल्यो बजार , १ अर्ब रुपैयाँभन्दा माथी कारोवार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बीमाले उचाल्यो बजार , १ अर्ब रुपैयाँभन्दा माथी कारोवार



काठमाडौं  ७ चैत ।  सोमबार शेयर बजार उचालिएको छ।  बीमा सूचक उचालिँदा समग्र शेयर बजार ४० अंकले बढेको छ।  लामो समयपछि बजारमा कारोवार रकम १ अर्ब रुपैयाँभन्दा माथी पुगको पुगेको छ । दैनिक २५ करोड रुपैयाँमा खुम्चिएको बजार आज बढेर १ अर्ब २५ करोड रुपैयाँ माथी पुगेको हो ।

बजारमा उत्पादनमुल वाहेक सबै समुहका परिसुचक उकालो लागेका छन् । सोमबार पनि बीमा समुहको परिसुचको बृद्धि उच्च रहयो । सो समुहको परिसुचक ५ सय ६७ अंकले बढ्न पुगेको छ । बजारमा बीमा समुहको सेयर कम रहेको र नियामक निकायले कम्पनीको चुक्त पूँजी बृद्धि गर्छ भन्ने आशमा लगानीकर्ताहरु होमिएका छन् । बजारमा बीमा समुहको सेयर कम रहेको र सामान्य हलचल हुने वितिकै उच्च रुपमा बढ्ने नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष डा. आत्माराम घिमिरे बताउँछन् ।

आज पनि उच्च कारोवार हुने कम्पनीहरुको सुचीमा बीमा समुह नै रहेका छन् । बीमा समुहको परिसुचक ८ दशमलव ५५ प्रतिशतले बढ्न पुगेको छ । बीमालगायत समग्र समुहका परिसुचकहरु बढ्दा नेप्से परिसुृचक ४२ दशमलव १९ अंकले उकालो लागेको छ । लामो समय १४ सय अंक मुनी रहेको नेप्से परिसुचक आज १ हजार ४ सय २४ अंकमा पुगेको छ ।

बजारमा बढी प्रभाव रहेको बैकिङ समुहको परिसुचक पनि २९ अंकले बढ्न पुगेको छ भने विकास बैंक समुह ३९ अंकले उकालो लागेको छ ।

सोमबार जलविद्युत समुह ४४ अंकले बढ्दा फाइनान्स १८ अंकले बृद्धि भएको थियो । बजारमा सबैभन्दा बढी प्रभु बैंकको सेयर कारोवार बढी भएको छ । प्रभु बैंकको मात्र ११ करोड रुपैयाँ बरावरको सेयर कारोवार भएको ५ । यसैगरी नेशनल इन्स्योरेन्सको साढे ७ करोड रुपैयाँको कारोवार हुँदा नेशनल हाइड्रोको ६ करोड रुपैयाँ बरावरको सेयर खरिदविक्री भएको छ ।

प्रकाशित : ७ चैत्र २०७३, सोमबार ०९:५६