स्पेशल प्रि-ओपन सेसनमा कतिमा भयो हिमालयन रि इन्स्योरेन्सको पहिलाे कारोबार? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

स्पेशल प्रि-ओपन सेसनमा कतिमा भयो हिमालयन रि इन्स्योरेन्सको पहिलाे कारोबार?



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिमालयन रिइन्सुरेन्स लिमिटेडको सेयर कारोबार सुरु भएको छ । सोमबार स्पेसल प्रि ओपनिङ सेसनमा हिमालयनको पहिलो कारोबार प्रतिकित्ता ३०९.२० रुपैयाँमा सुरु भएको हो ।

नेप्सेले यसको पहिलो कारोबारका लागि प्रतिकित्ता १०३.०७ रुपैयाँदेखि ३०९.२१ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको थियो । सोही मुल्यलाई आधार मानेर यसको नियमित कारोबार भएकाे हाे । उक्त रेन्जको अधिकतम विन्दुबाट कम्पनीको सेयर कारोबार खुला भएको हो । नेप्सेमा ‘एचआरएल’ संकेतमा यसको नियमित सेयर कारोबार हुनेछ ।

प्रकाशित : २३ पुष २०८०, सोमबार ११:२०