नेशनल लघुवित्तद्धारा भूकम्प पीडितलाई ५० लाख बराबरको आर्थिक सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नेशनल लघुवित्तद्धारा भूकम्प पीडितलाई ५० लाख बराबरको आर्थिक सहयोग



काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड वनेपा,काभ्रेपलाञ्चौकले भूकम्प पीडितहरुका लागि ५० लाख रुपैया वरावरको सहयोग गरेको छ । मानविय सहायताअन्तर्गत वित्तीय संस्थाले पश्चिमका भूकम्प पीडीतहरुका लागि आर्थिक सहयोग प्रदान गरेको हो । २०८० पौष १४ गते वित्तीय संस्थाले सल्यानजिल्लाको दार्मा गाउँपालिकाका भूकम्प पीडितहरुका लागि गाउँपालिको विपद कोषमा ४ लाख रुपैया सहयोग हस्तान्तरण गरेको छ ।

बागचौर शाखाअन्तर्गत वित्तीय संस्थामा आवद्ध ६८१ जना सेवाग्राहीलाई राहतस्वरुप २१ लाख ५४ हजार रुपैया आर्थिक सहयोग गरेको छ । त्यसैगरी २०८० पौष १५ गते रुकुमपश्चिमको आठविसकोट नगरपाकिालाई ४ लाख सहयोग गरेको छ । आठविसकोट शाखा अन्तर्गत वित्तीय संस्थामा आवद्ध ३७०जना सेवाग्राहीलाई ११ लाख ६४ हजार रुपैया आर्थिक सहयोग गरेको छ ।सोही दिन सदरमुक्काम स्थित मुसीकोट नगरपालिकामा रहेको शेरीगाउँ शाखाका सेवाग्राही सदस्यहरु २५० जनालाई ७लाख५६हजार रुपैया आर्थिक सहयोग गरेको छ ।

दुई अलग अलग कार्यक्रमका बीच संस्थाका प्रमुखकार्यकारी अधिकृत (सिइओ) तथा नेपाल लघुवित्त बैकर्स संघका अध्यक्ष रामबहादुर यादवले दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसी र आठविसकोट नगरपालिकाका मेयर रवि केसीलाई चेक हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी,स्थानिय जनप्रतिनिधि,बुद्धिजीवी,समाजसेवी,वित्तीय संस्थाका कर्मचारीहरु,सेवाग्राही सदस्य तथा आम जनसमुदायको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित दार्मा गाउंपालिकाका अध्यक्ष निमबहादुर केसी र आठविसकोट नगरपालिकाका मेयर रवि केसीले संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइयो) र नेशनल लघुवित्त वित्तीय संस्थालाई धन्यवाद दिएका थिए ।

लघुवित्त विपन्न तथा गरिव समुदायमा वित्तीय साक्षरताका लागि उल्लेख्य भूमिका खेलेको उनीहरुको भनाई थियो । नेशनल लघुवित्तले विपदमा परेका सर्वसाधारणलाई गरेको सहयोग अमूल्य रहेको बताए । यसका साथै आगामी दिनमा पनि दुर दराजमा रहेका विपन्न गरिव परिवारमा वित्तीय सेवा पुर्याउन आग्रह समेत गरे ।

सोही अवसरमा नेशनल लघुवित्तका सिइयो रामबहादुर यादवले मानवीय सहायतामा सधै नेशनल लघुवित्त साथ रहने बताए । मानवीय सहायता गर्ने अवसर दिएकोमा गाउँपालिका तथा नगरपालिकालाई धन्यवाद समेत व्यक्त गरेको थिए । दुर्गम गाउँ बस्तीहरुमा आफ्ना सेवाग्राही सदस्यहरुलाई सामाजिक तथा आर्थिक उत्थानका लागि लघुवित्त कार्यक्रको माध्यमबाट गरिवी न्यूनिकरणमा टेवा पुर्याउने सिइओ यादवले बताए ।

संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व कोष तथा ग्राहक संरक्षण कोषबाट विपत्तमा परेको सेवाग्राही सदस्यहरुलाई मानविय सहायतागदै आएको छ । हाल नेशनल लघुवित्त देशका ७२ जिल्लामा २ लाख २० हजार बढि सदस्यहरु विच वित्तीय कारोबार संचालन गरिरहेको छ । वित्तीय संस्थाको पूजी १ अर्ब ८ करोड,सदस्यहरुको बचत ५ अर्ब र लगानीमा रहिरहेको कर्जा १८ अर्व बढि रहेको छ । त्यसकारण पनि नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय आफ्ना सेवाग्राही सदस्यहरुलाई सामाजिक तथा आर्थिक उत्थानका लागि लघुवित्त कार्यक्रमको साथै वित्तीय साक्षरता,सीपमुलक तालिम,सामाजिक क्रियाकलाप र दैवी प्रकोप उद्दार कार्यक्रम संचालन गदै आएको छ ।

प्रकाशित : १९ पुष २०८०, बिहीबार ०१:५०