सेयर बजार घट्ने क्रम जारी, कारोबार रकममा भने वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजार घट्ने क्रम जारी, कारोबार रकममा भने वृद्धि



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ओरालो लागेको छ । आज बजार ८.७१ अंक घटेर २०४९.२८ विन्दुमा झरेको हो। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ५.१२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८१ अंक घटेको छ।

नेप्से घटेपनि आज कारोबार रकममा भने सुधार देखिएको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ४ करोडको सेयर खरिदबिक्री भएको बजारमा आज ३०३ कम्पनीको १ करोड ६० लाख ५२ हजार कित्ता सेयर किनबेच हुदाँ ५ अर्ब ५८ करोड ११ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

कारोबारमा जलविद्युत ४४.३३, लगानी समूहको उपसूचक ०.८९, म्युच्युअल फण्डको ०.१४ र टेड्रिङ समूहको उपसूचक ६६.९५ अंकले बढेकाे छ भने बैंकिङ समूहको ६.५०, विकास बैंक ३२.४८, उत्पादन तथा प्रशोधन समूहको उपसूचक ३७.९७, निर्जीबन बीमा समूहको उपसूचक १०४.८८, वित्त १६.१८ जीवन बीमा १३७.०८ र होटल तथा पर्यटन क्षेत्र २६.५३ अंक घटेको छ ।

बिहीबार कालिका पावर कम्पनी, सिंगटी हाइड्रो इनर्जी, नेपाल वेयर हाउजिङ्ग कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, आज सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

कारोबार रकमका आधारमा आज सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज ३३ करोड ४५ लाख १५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

प्रकाशित : १९ पुष २०८०, बिहीबार १५:२७