आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित हिमालयन टाइम्सले बोलायो साधारण सभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित हिमालयन टाइम्सले बोलायो साधारण सभा



काठमाडौं । हिमालयन टाइम्स मिडिया इन्टरटेनमेन्ट एन्ड टेक लिमिटेडले आगामी पुस २५ गते पहिलो बार्षिक साधारण सभा गर्ने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो ४ बजे भर्चुअल माध्यम जुम मार्फत् सुरु हुनेछ ।

सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने मुख्य प्रस्ताव रहेको छ । साथै सभाले आर्थिक वर्ष २०७९र८० को नाफा नोक्सान हिसाबकिताब, सञ्चालक निर्वाचन गर्ने प्रस्ताव पनि गर्नेछ।त्यस्तै सभाले बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

नेपाल रिपब्लिक मिडियाले भने यसअघि नै आईपीओ निष्कासन गरिसकेको छ। कान्तिपुर टेलिभिजन नेटवर्कले पनि आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ।

प्रकाशित : १९ पुष २०८०, बिहीबार १४:२९