सुनको मुल्य तोलामा १३ सय रुपैयाँले गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य तोलामा १३ सय रुपैयाँले गिरावट



काठमाडौं । सुनको मुल्य बिहीबार तोलामा १३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा १३ सय रुपैयाँले घटेर १ लाख १९ हजार ५०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ९५० रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन बुधबार छापावाल सुन प्रतितोला १ लाख २० हजार ८०० रुपैयाँ तेजावी सुनको भाउ प्रतितोला १ लाख २० हजार २०० रुपैयाँ निर्धारण भएको थियो ।

यता, बिहीबार चाँदीको मुल्य पनि तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १४ सय २० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मुल्य प्रतितोला १४ सय ५० रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित : १९ पुष २०८०, बिहीबार ११:३७