सुनकाे मुल्य तोलामा २०० रुपैयाँले घट्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनकाे मुल्य तोलामा २०० रुपैयाँले घट्याे



काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २०० रुपैयाँले घटेर प्रतितोला १ लाख २० हजार ८०० मा कारोबार भइरहेको छ।

यसैगरी, तेजावी सुन तोलामा १ लाख २० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।मंगलबार भने छापावाल सुन प्रतितोला १ लाख २१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मुल्य पनि घटेको छ । बुधबार चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : १८ पुष २०८०, बुधबार ११:१३