घलेम्दी हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

घलेम्दी हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । घलेम्दी हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको हकप्रदमा आवेदन दिने आज पुस १६ गते अन्तिम दिन रहेको छ। कम्पनीले मङ्सिर १० गतेदेखि हकप्रद बिक्री खुला गरेको हो।

कम्पनीले १ः२ अनुपात अर्थात २०० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीले १ अर्ब १० करोड बराबरको १ करोड १० लाख कित्ता सेयर निष्काशन गरेको हो । शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

कम्पनीले हकप्रद प्रयोजनको लागि कार्तिक ३ गते बुक क्लोज गर्ने निर्णय गरेकोले कार्तिक २ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् । नेपाल धितोपत्र बोर्डले असोज १८ गते कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।

हकप्रदबाट जम्मा भएको पुँजी सांग्रिला उर्जा लिमिटेडद्वारा प्रवद्धित संखुवासभामा रहेको ६३ मेगावाट क्षमताको छुजुङ्ग खोला जलविद्युत आयेजनामा ५१ प्रतिशत भन्दा बढी सेयर कायम हुनेगरी लगानी गर्ने कम्पनीले जनाएको छ।

प्रकाशित : १६ पुष २०८०, सोमबार १३:०१