सुनचाँदीको मुल्य स्थिर, कतिमा भइरहेकाे छ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मुल्य स्थिर, कतिमा भइरहेकाे छ कारोबार ?



काठमाडौं । सोमबार सुनचाँदीको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार सोमबार सुन प्रतितोला १ लाख २० हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

यस्तै तेजाबी सुनको भाउ भने १ लाख १९ हजार ९०० रुपैयाँ तोकिएको छ। आइतबार पनि सुन यही भाउमा कारोबार भएको थियो।

यस्तै सोमबार चाँदीको भाउ पनि स्थिर छ। यस दिन चाँदी प्रतितोला १ हजार ४५५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

प्रकाशित : १६ पुष २०८०, सोमबार १२:३१