तोलामा २०० रुपैयाँले घट्याे सुनकाे मुल्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

तोलामा २०० रुपैयाँले घट्याे सुनकाे मुल्य



काठमाडौं । आज सुनको मुल्य तोलामा २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर १ लाख २० हजार ५०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १९ हजार ९०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, शुक्रबार छापावाल सुनको मुल्य प्रतितोला १ लाख २० हजार ७०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको मुल्य तोलाको १ लाख २० हजार १०० रुपैयाँ निर्धारण भएको थियो ।

आइतबार चाँदीको मुल्य भने स्थिर रहेको छ । आइतबार चाँदीको मुल्य प्रतितोला १४ सय ५५ रुपैयाँ कायम रहेको छ । शुक्रबार पनि चाँदी सोही मूल्यमा किनेबेच भएको थियो ।

प्रकाशित : १५ पुष २०८०, आईतवार ११:३९