सलिकोले गर्यो दूर्घटना न्युनिकरण तथा बीमा सचेतना कार्यक्रम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

सलिकोले गर्यो दूर्घटना न्युनिकरण तथा बीमा सचेतना कार्यक्रम



काठमाडौं । सगरमाथा लुम्बिनी ईन्स्योरेन्स (सलिको) ले दाङको तुल्सीपुरमा सवारी दूर्घटना न्युनिकरण तथा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनी र ईलाका प्रहरी कार्यालय तुल्सिपुररट्राफिक प्रहरी कार्यालय तुल्सिपुरको संयुक्त आयोजनामा विहीबार कार्यक्रम सम्पन्न भएको हो ।

तुल्सिपुर उपमहानगरपालिकाका उप प्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ईप्रका तुल्सिपुर प्रमुख ठाकुरप्रसाद पोखरेल तथा जिल्ला स्थित बिभिन्न अटोका अध्यक्षहरु, सवारी चालक, पत्रकार तथा स्थानीयहरुको उपस्थिति थियो ।

कार्यक्रममा सवारी दूर्घटना न्यूनिकरण सम्बन्धमा ट्राफिक प्रहरी कार्यालय तुल्सिपुर प्रमुख ईश्वरी देवकोटाले प्रकाश परेका थिए भने बीमा सचेतना सम्बन्धमा सलिकोका तुल्सिपुर शाखा प्रमुख तुफान सापकोटाले प्रकाश पारेका थिए ।

प्रकाशित : १ पुष २०८०, आईतवार ११:३०