चैत १ देखि स्ट्याण्डर्ड चार्टर्डको एफपीओ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

चैत १ देखि स्ट्याण्डर्ड चार्टर्डको एफपीओ



काठमाडाै १९ फागुन । स्ट्याण्डर्ड चार्टर्ड बैंकले निश्कासन गर्ने भनेको एफपीओमा आवेदन आगामी चैत १ गतेदेखि खुल्ने भएको छ ।

बिक्री प्रबन्धकको काम गरिरहेको एनएमबी क्यापिटलले जनाएअनुसार आगामी चैत १ गतेदेखि ४ गतेसम्म इच्छुुक लगानीकर्ताले एफपीओमा आवेदन दिने व्यवस्था मिलाइन लागिएको हो ।

यसअघि स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई उसले आवेदन दिएको १८ दिनमै १ सय रुपैयाँ अंकित मूल्यमा प्रिमियम मूल्य समेत जोडी प्रति कित्ता १२ सय ९० रुपैयाँको दरले एफपीओ निश्कासनको अनुमति धितोपत्र बोर्डले दिएको थियो ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले कुल २५ लाख ५८ हजार १ सय ४० कित्ता एफपीओ निश्कासन गर्न लागेको र लगानीकर्ताले कम्तीमा १० देखि बढीमा २५ हजार ८ सय ८० कित्तासम्मका लागि आवेदन दिनसक्नेछन् ।

आस्वाको अनुमति पाएका नेपालका ४१ बैंक तथा बित्तीय संस्था र तिनका देशभरका ७३ जिल्लामा फैलिएका १ हजार ९ सय ७१ वटा शाखाबाट एफपीओमा दरखास्त दिन सकिनेछ ।  बिक्री प्रबन्धकका अनुसार एनएमबी क्यापिटलको मुख्य कार्यालय र एनएमबी बैंकका देशभरका शाखा कार्यालयमा लाइन लागेरै दरखास्त दिन चाहनेका लागि समेत सोही अनुसारको व्यवस्था मिलाइनेछ ।

प्रकाशित : १९ फाल्गुन २०७३, बिहीबार ०७:०३