सलिकोले आयोजन गर्यो बीमा सचेतना कार्यक्रम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

सलिकोले आयोजन गर्यो बीमा सचेतना कार्यक्रम



काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी सलिकोले बीमाको पहुँच विस्तार गर्न तथा बीमाको औचित्य सम्बन्धमा सचेतना अभिबृद्धि गर्ने उद्देश्यका साथ बीमा सचेतना कार्यक्रम संचालन गरेको छ ।

कम्पनीले खोटाङ्ग जिल्लाको दिक्तेल स्थित जिल्ला पशुसेवा कार्यालय रुपाकोट मजुवागडि न.पा. १ मा सचेतना कार्यक्रम संचालन गरेको हो ।

उक्त कार्यक्रममा यस कम्पनीका कोशी प्रदेश प्रमुख नारायण गौतम, दिक्तेल शाखा प्रमुख बाबुराम आचार्य, गाईघाट शाखा प्रमुख डि.बि. कटवाल लगायत जिल्लाका पशु प्राबिधिक, भेटनरी, स्थानीय जनप्रतिनिधि, कृषक तथा स्थानीय भद्रभलाद्मीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमले आगामी दिनहरुमा स्थानीय जनताहरुले बीमाको आवश्यकता र महत्वलाई महसुश गर्दै बीमामा सहभागि हुने अपेक्षा गरिएको छ । साथै कार्यक्रममा सहभागिहरुले बीमा सचेतना कार्यक्रम संचालन गरेकोमा कम्पनीलाई धन्यवाद ज्ञापन गरेका थिए ।

प्रकाशित : २२ कार्तिक २०८०, बुधबार १२:०७