लघु बीमालेख मार्फत एक अर्ब ५६ करोड बीमाशुल्क संकलन, नेको इन्स्योरेन्स अगाडी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

लघु बीमालेख मार्फत एक अर्ब ५६ करोड बीमाशुल्क संकलन, नेको इन्स्योरेन्स अगाडी



काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले लघु बीमालेखमार्फत एक अर्ब ५६ करोड ९१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार भदौ महिनासम्ममा १२ कम्पनीले ३ हजार १३३ वटा बीमालेख बिक्री गरी सो बराबरको बीमाशुल्क आर्जन गरेका हुन् ।

चालू आर्थिक वर्षको भदौ महिनामा मात्रै कम्पनीहरुले एक हजार १२३ वटा बीमालेख जारी गरेर १८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।

प्राधिकरणका अनुसार भदौ महिनासम्ममा सबैभन्दा बढी नेको इन्स्योरेन्स कम्पनीले एक हजार १६८ वटा बीमालेख बिक्री गरी ६५ करोड ९१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । त्यस्तै सबैभन्दा कम गर्नेमा नेशनल इन्स्योरेन्सले चार वटा बीमालेख बिक्री गरी छ हजार बीमाशुल्क कमाएको छ ।

यस अवधिमा ओरिएण्टल इन्स्योरेन्सले ११ वटा लघु बीमालेख बेचेर एक करोड १९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । प्रभु इन्स्योरेन्स कम्पनीले २३६ वटा बीमालेख जारी गरेर १३ करोड ९२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

त्यस्तै, शिखर इन्स्योेन्सले एक हजार १०२ वटा बीमालेखबाट १६ करोड ५० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । एनएलजी इन्स्योरेन्सले ३० वटा बीमालेख बिक्री गरी तीन करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क कमाएको छ । सानिमा जिआइसी इन्स्योरेन्सले १४४ वटा बीमालेख बिक्री गरी १६ करोड ९० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २२२ वटा बीमालेख बेचेर २३ करोड ३० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३६ वटा बीमालेख बेच्दा ७८ हजार बीमाशुल्क कमाएको छ । यूनाइटेड अजोड इन्स्योरेन्सले ७३ वटा बीमालेख बेच्दा सात करोड ३२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

हालै संचालनमा आएका नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले ६६ वटा बीमालेख बिक्रीबाट छ करोड २६ लाख रुपैयाँ कुल बीमाशुल्क उठाएको छ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ४१ वटा बीमालेख बेचेर दुइृ करोड ३१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको तथ्याङ्कमा उल्लेख छ ।

प्रकाशित : १५ आश्विन २०८०, सोमबार १५:०१