राष्ट्र बैंकमा कर्मचारीको लफडा, चेपुवामा गभर्नर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्र बैंकमा कर्मचारीको लफडा, चेपुवामा गभर्नर



काठमाडौं, १२ फागुन । नेपाल राष्ट्र बैंकमा पुनः अान्दोलनले  उग्र रुप लिने भएको छ । नेपाल राष्ट्र बैंकले ३० वर्षे सेवा अवधिलाई खारेज गर्ने बारे बोर्डमा छलफल अघि बढाएसँगै युवा कर्मचारी काम छाडेर आन्दोलनमा उत्रिएका हुन ।

उनीहरुले आज बिहान १० बजे देखि एक घण्टा कार्यालय प्रांगणमा उभिएर सांकेतिक विरोध जनाए । आफुहरुको बृत्ती विकासमा गम्भिर असर पर्ने भन्दै उनीहरुले सेवा अवधि सम्बन्धि प्रावधानमा संशोधन नगर्न गभर्नर लगायत उच्च नेतृत्वलाई भनि सकेको बताएका छन् ।

३० बर्षे सेवा अवधिले समग्र राष्ट्र बैंकलाई हित गर्ने भए पनि केही व्यक्तिको स्वार्थका लागि यो व्यवस्था खारेज चलखेल भएको उनीहरुको भनाइ छ । अधिकृत स्तरमा कर्मचारीको कुनै समस्या नभएको एवं सहायक स्तरमा व्यवस्थापनले जानि जानि भर्ना नलिएको उनीहरुको आरोप छ ।

तीन बर्ष देखि सहायक स्तरमा भर्ना नलिएको कारण अहिले काउन्टर वस्ने कर्मचारीको खाँचो देखिएको र यसलाई समेत ३० बर्षे सेवा अवधि हटाउने हतियार बनाउन खोजेको उनीहरुले बताए । बालुवाटार स्थित राष्ट्र बैंकको केन्द्रिय कार्यालय मात्र होइन सबै शाखामा समेत कर्मचारीले बिहिबार बिहान एक घण्टा पेन डाउन गरेका थिए ।

३० बर्षे सेवा अवधि हटाउँदा राष्ट्र बैंकमा भविश्य देखेर छिरेका क्षमतावान् युवा जनशक्ति निरुत्साहित हुने र त्यसले बैंककै कार्य कुशलतामा प्रभाव पार्ने उनीहरुको भनाइ छ ।

लामो समय देखि ३० बर्ष सेवा अवधि हटाउने लविङ सुरु भए पनि पुर्व गभर्नर डा. युवराज खतिवडाले यो विषयलाई अघि बढ्न दिएका थिएनन् । डा. चिरञ्जिवी नेपाल गभर्नर नियुक्त भएसँगै यो लविङ चर्को भएको हो ।

प्रकाशित : १२ फाल्गुन २०७३, बिहीबार ११:१७