कनेक्ट आईपीएससँँगको सहकार्यमा एनआईसी एशियाले ल्यायो ‘फन्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा’ अफर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

कनेक्ट आईपीएससँँगको सहकार्यमा एनआईसी एशियाले ल्यायो ‘फन्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा’ अफर

पैसा पठाउँदा स्मार्टफोन जित्न सकिन



काठमाडौं । कनेक्ट आईपीएससँँगको सहकार्यमा एनआईसी एशियाले ल्यायो ‘फन्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा’ अफर

काठमाडौं । डिजिटल बैंकिङमा मुलुकको अग्रणी स्थानमा रही सहज बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैंकले कनेक्ट आईपीएससँँगको सहकार्यमा आफ्ना मोबाइल बैंकिङ (मोबैंक) ग्राहकका लागि ‘फन्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ।

यो अफरअन्तर्गत हरेक हप्ता एकजना भाग्यशाली मोबाइल बैंकिङ ग्राहकले बैंकको मोबाइल बैंकिङ ९मोबैंक० एप प्रयोग गरी कनेक्ट आईपीएसमार्फत फन्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्नेछन्।

यही भदौ १७ गतेदेखि आउँदो असोज २० ततेसम्म लागू हुने उक्त अफरअन्तर्गत एकजना ग्राहकलाई हप्ता सकिएपछि (आइतबारदेखि शनिबारको अवधिलाई एक हप्ता मानिनेछ) ‘लक्की ड्र’मार्फत विजेता घोषणा गरिनेछ र उक्त विजेताको जानकारी एनआईसी एशिया बैंकको आधिकारिक सामाजिक सञ्जालहरुमार्फत सार्वजनिक गरिनेछ।

फन्ड ट्रान्सफर गर्न आफ्नो मोवाइल बैंकिङ सेवा ९मोबैंक० एपमा लगइन गरी मोबाइल स्क्रिनको तल्लो भागमा रहेको फन्ड ट्रान्सफर अप्सनमा क्लिक गरेर अदर बैंक्स युजिङ कनेक्ट आईपीएस छनौट गर्नुपर्छ। यसरी फन्ड ट्रान्सफर गर्दा कनेक्ट आईपीएसमा छुट्टै दर्ता गर्न आवश्यक पर्दैन। फन्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका निम्ति मोबाइल बैंकिङको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले थप प्रवर्द्धन गर्ने विश्वास बैंकले लिएको छ। हाल २४ लाखभन्दा बढी मोबाइल बैंकिङ ग्राहकले मोबैंक एप प्रयोग गरिरहेका छन् भने मोबाइल बैंकिङमा रहेको कनेक्ट आईपीएसमार्फत प्रतिदिन प्रतिकारोबार रु। ३ लाख रुपैयाँसम्म ट्रान्सफर गर्न सकिन्छ।

एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जालहरु भएको बैंकहरु मध्येको बैंक हो। यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरु, ६०१ एटीएम, १०९ वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित बैंकिङ सञ्जाल विस्तार गरेको छ।

देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रुपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ। देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रु. २३ अर्ब ५८ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रु. ३ अर्ब ६६ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाउन बैंक सफल भएको छ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालीकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ। देशको कुल जनसंख्याको ८०५ भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२५ शाखा कार्यालयहरु स्थापना गरेको छ।

प्रकाशित : २२ भाद्र २०८०, शुक्रबार १२:४०