एक महिनामा नौं हजार बढीले त्यागे बीमा पोलिसी, नेपाल लाइफको सर्वाधिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

एक महिनामा नौं हजार बढीले त्यागे बीमा पोलिसी, नेपाल लाइफको सर्वाधिक



काठमाडौं । चालु आर्थिक वर्षको साउन महिनामा बिमितहरुले एक अर्ब रुपैयाँभन्दा बढीको बिमा पोलिसी त्याग (सरेण्डर) गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार चालु आर्थिक वर्षको यस अवधिमा जीवन बिमा कम्पनीका बिमितहरुले एक अर्ब २८ करोड ३३ लाख ३८ हजार रुपैयाँ बराबरको नौं हजार ७९८ वटा बीमालेख सरेण्डर गरेका हुन् ।

यस अवधिमा सबैभन्दा धेरै पोलिसी सरेण्डर गर्ने नेपाल लाइफ इन्स्योरेन्सका बीमितहरु रहेका छन् भने, कम पोलिसी सरेण्डर गर्ने सन नेपाल लाइफ इन्स्योरेन्सको रहेका छन् । नेपाल लाइफ इन्स्योरेन्सको साउन महिनामा तीन हजार ३२४ वटा बीमालेख वापत ४७ करोड २३ लाख ७ हजार रुपैयाँको पोलीसी सरेण्डर भएको छ ।

त्यस्तै, नेपाल लाइफपछि लाइफ इन्स्योरेन्स कर्पाेरेसन (नेपाल)को धेरै बीमालेख सरेण्डर भएको छ । यसको ३१ करोड २५ लाख ८२ हजार रुपैयाँ बराबरको दुई हजार २४ वटा बीमालेख सरेण्डर भएका छन् ।

साथै, बीमितहरुले हिमालयन लाइफ इन्स्यारेन्सको १२ करोड २२ लाख ६ हजार रुपैंयाको नौं सय ८८ वटा बीमालेख सरेण्डर भएका छन् । राष्ट्रिय बीमा संस्थानको १० करोड ३२ लाख ८९ हजार रुपैंयाको आठ सय ६२ वटा बीमालेख सरेण्डर भएका छन् । त्यस्तै, एशियन लाइफ इन्स्योरेन्स कम्पनीको सात सय ४४ वटा, मेट लाइफको चार सय ६८ वटा, सुर्यज्योती लाइफ इन्स्याेरेन्सकाे ४०८ वटा, नेशनल लाइफको दुई सय ९१ वटा, रिलायबल नेपाल लाइफको एक सय ६२ वटा, सानिमा रिलायन्स लाइफको १८० वटा, सिटिजन लाइफ इन्स्योरेन्सको एक सय ७६ वटा, आइएमई लाइफ इन्स्योरेन्सको १३३ वटा, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको २५ वटा पोलिसी सरेण्डर भएका छन् ।

सबै भन्दा कम पोलिसी सरेण्डर हुनेमा सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । यस अवधिमा कम्पनीको ११ लाख ८७ हजार रुपैयाँ बराबरको १३ वटा बीमालेख सरेण्डर भएको छ ।

प्रकाशित : १८ भाद्र २०८०, सोमबार १६:५०