केन्द्रिय बै‌क भन्छ – ‘अर्थतन्त्र सबलउन्मुख छ’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

केन्द्रिय बै‌क भन्छ – ‘अर्थतन्त्र सबलउन्मुख छ’



काठमाडाै ६ फागुन । नेपाल राष्ट्र बैंकले नेपाली अर्थतन्त्र सबलउन्मुख रहेको बताएको छ । केन्द्रीय बैंकले चालु आर्थिक बर्षको ६ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दे यस्तो बताएको हो । साथै बैंकले पछिल्ला दिनहरुमा कर्जा प्रवाहको तुलनामा निक्षेप परिचालनमा भएको वृद्धिले वित्तीय बजार सन्तुलनतर्फ उन्मुख रहेको बताएको छ ।

राष्ट्र बैंक अनुसन्धान विभागले उर्जा आपूर्तिमा भएको सुधार र औद्योगिक कच्चा पदार्थको आपूर्तिमा आएको सहजताले उद्योग क्षेत्रको क्षमता उपयोग बढ्ने बताएको छ । बहुप्रतिक्षित खिम्ती–ढल्केवर विद्युत प्रशारण लाइनको निर्माण कार्य सम्पन्न भएसँगै उर्जा आपूर्ति सुदृढ भएको र यसबाट औद्योगिक वातावरणमा थप सुधार हुने अपेक्षा राष्ट्र बैकको छ ।

सन् २०१६ मा अघिल्लो वर्षको तुलनामा पर्यटक आगमन संख्यामा ३५.४ प्रतिशतले वृद्धि भई कुल ७ लाख २९ हजार ५५० पर्यटकहरुले नेपाल भ्रमण गरेको तथ्याङ्कले देखाएको छ  । पर्यटक आगमनमा भएको सुधारको परिणामस्वरुप होटल तथा रेष्टुरेन्ट व्यवसाय विस्तार हुने अनुमान राष्ट्र बैंकको छ ।

धानको उत्पादनमा भएको उल्लेख्य वृद्धिले कृषि क्षेत्रको वृद्धिमा महत्वपूर्ण योगदान पुग्ने अनुमान गर्दे राष्ट्र बैकले कृषि क्षेत्रको उत्पादन, पर्यटक आगमन र औद्योगिक उत्पादनमा हुने सम्भावित सुधारबाट समग्र आर्थिक वृद्धिको परिदृष्य सुदृढ देखिएको बताएको छ ।

पछिल्ला महिनाहरुमा उपभोक्ता मुद्रास्फीति दर घट्दै आएकोले नेपाल र भारतबीचको मुद्रास्फीति अन्तर शून्यमा झरेको छ । पेट्रोलियम पदार्थको मूल्यमा अन्तर्राष्ट्रिय बजारमा हुन सक्ने वृद्धि भने नेपालको मुद्रास्फीतिमा चुनौतीको रुपमा रहेको राष्ट्र बैक बुझाई छ  ।

आयातमा उच्च वृद्धि भएता पनि मुलुकको शोधनान्तर स्थिति बचतमा रहेकोले वैदेशिक मुद्राको सञ्चिति बढ्दै आएको तर विप्रेषण आप्रवाहको  घट्दो वृद्धिदर चिन्ताको विषय रहेको केन्दीय बैंकको जाएको छ ।

सरकारी बजेट स्थिति मजवुद रहदैं आएको छ । राजस्वमा उल्लेख्य वृद्धि भएबाट सरकारी बजेट बचतमा रहेको कारण २०७३ पुस मसान्तसम्ममा राष्ट्रको ढुकुटीमा  २१७ अर्ब ६० करोड नगद मौज्दात कायम भएको छ ।

प्रकाशित : ६ फाल्गुन २०७३, शुक्रबार ०८:५७