काठमाडौं । सार्वजनिक सवारी साधनको भाडा बढेको छ । यातायात व्यवस्था विभागले स्वचालित मूल्य प्रणालीका आधारमा बुधबारदेखि लागू हुने गरीे सार्वजनिक सवारीको भाडा वृद्धि गरेको हो ।
विभागकाअनुसार यात्रु बहाक र मालबहाक दुवै किसिमका सवारी साधनमा नयाँ भाडा लागु गरिएको छ । नयाँ भाडादर अनुसार यात्रु बाहक सवारी साधनमा समग्रमा ४.७० प्रतिशतले भाडा बृद्धि भएको छ । त्यस्तै, मालबहाक सवारी साधनमा पहाडी क्षेत्रमा ६.१५ प्रतिशत र तराई क्षेत्रमा ६.८३ प्रतिशतले भाडा बढेको हो । नयाँ भाडादर बुधबारबाटै लागु हुनेछ ।
Comment