सूर्यज्योति लाइफको अधिकांश सूचकमा प्रगति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

सूर्यज्योति लाइफको अधिकांश सूचकमा प्रगति



काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म ७ अर्ब १४ करोड ३० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १६.१० प्रतिशतले मात्रै धेरै हो ।

अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ८ अर्ब ५१ करोड ४२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । यस अवधिमा कम्पनीको खुद नाफा भने ३६.१२ प्रतिशतले घटेर २९ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ ।

कम्पनीले जीवन बीमा कोषको आकार ३२ प्रतिशतले बढाएको छ। यस अवधिसम्म कम्पनीको जीवन बीमा कोषमा २६ अर्ब ९९ करोड १६ लाख रुपैयाँभन्दा बढी सञ्चित रहेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म कम्पनीको जीवन बीमा कोषमा २० अर्ब ३५ करोड रुपैयाँमात्रै सञ्चिति रहेको थियो।

जीवन बीमा कोषसँगै कम्पनीले जगेडा र महाविपत्ति कोषको आकारसमेत बढाउन सफल भएको छ। जगेडा कोष ७२.४९ प्रतिशतले बढेर कोषमा २ अर्ब ४८ करोड रुपैयाँ र महाविपत्ति कोष १९.५२ प्रतिशत बढेर कोषमा ३२ करोड ५७ लाख रुपैयाँभन्दा बढी सञ्चित रहेको छ।

कम्पनीले समीक्षा अवधिसम्म कर्जा, लगानी तथा अन्यबाट हुने आम्दानीसमेत ११.९३ प्रतिशतले बढाएर २ अर्ब ५० करोड रुपैयाँ कायम गरेको छ। ११ लाख ३० हजार ५७५ कायम पोलिसी संख्या रहेको कम्पनीले असार मसान्तसम्म २ अर्ब ४ करोड १८ लाख रुपैयाँबराबरको दाबी भुक्तानी गरेको छ।

प्रकाशित : २९ श्रावण २०८०, सोमबार १६:३२