निर्जीवन बीमा कम्पनी: एक वर्षमा ४० अर्ब बीमाशुल्क संकलन,२७ लाख बीमालेख जारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

निर्जीवन बीमा कम्पनी: एक वर्षमा ४० अर्ब बीमाशुल्क संकलन,२७ लाख बीमालेख जारी



काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा निर्जीवन बीमा कम्पनीहरुले ४० अर्ब २१ करोड २१ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार १४ वटा निर्जीवन बीमा र २ ओटा निर्जीवन लघुबीमा कम्पनीहरुले २७ लाख ९२ हजार ५१६ वटा बीमालेख जारी गरी सो बराबरको बीमा शुल्क आर्जन गरेका हुन् ।

जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा २.६६ प्रतिशतले बढेको हो । अघिल्लो आवमा निर्जीबन बीमा कम्पनीहरूले ३९ खर्ब १६ करोड ९९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए ।

यस अवधिमा सबैभन्दा बढी बीमाशुल्क शिखर इन्स्योरेन्सले आर्जन गरेको छ । गत आवमा यस कम्पनीले २ लाख ९८ हजार ६६ बीमालेख बिक्री गरी ५ अर्ब ३१ करोड ६१ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको हाे ।

त्यस्तै, दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ । यस कम्पनीले ३ लाख २९ हजार ९९६ बीमालेख बिक्री गरी ४ अर्ब ५८ करोड २० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

त्यसैगरी, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले ३ लाख ३८ हजार ९५५ बीमालेख बिक्री गरी ४ अर्ब ४२ करोड ६८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ भने यस अवधिमा नेको इन्स्याेरेन्सले २ लाख ७२ हजार ३३८ वटा बीमालेखबाट १ अर्ब ५८ करोड ५८ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सले २ लाख ७२ हजार ३३८ वटा बीमालेखबाट ३ अर्ब ३५ करोड ४० लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको छ ।

बीमा प्राधिकरणका अनुसार गत आवमा राष्ट्रिय बीमा कम्पनीले २ अर्ब ३१ करोड ७ लाख रुपैयाँ, एनएलजी इन्स्याेरेन्स कम्पनीले २ अर्ब ४० करोड ५४ लाख रुपैयाँ, सानिमा जिआइसी इन्स्याेरेन्स कम्पनीले २ अर्ब ३२ करोड ४४ लाख रुपैयाँ र युनाइटेड अजोड इन्स्याेरेन्स कम्पनीले ३ अर्ब ४१ करोड ९० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

निर्जीवन बीमा व्यवसाय गर्नेहरुमध्ये नेशनल इन्स्योरेन्स कम्पनीले गत आवमा १ अर्ब एक करोड ८९ लाख बीमा शुल्क संकलन गरेको छ । यसका साथै नेपाल इन्स्योरेन्स कम्पनीले १ अर्ब ५८ करोड ५८ लाख बीमाशुल्क संकलन गरेको छ ।

यस्तै, आइजिआई पु्रडेन्सियल इन्स्योरेन्सले ३ अर्ब ३८ करोड ७७ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले १ अर्ब ६५ करोड ८७ लाख र दि ओरिएन्टल इन्स्योरेन्स कम्पनीले १ अर्ब ४९ करोड ९४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको बीमा प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित : २९ श्रावण २०८०, सोमबार १३:१३