तोलामा २०० रुपैयाँले बढ्यो सुनको मुल्य, चाँदीको कति छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

तोलामा २०० रुपैयाँले बढ्यो सुनको मुल्य, चाँदीको कति छ ?



काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा २०० रुपैयाँले बढेको हो।

योसँगै छापावाल सुनको मुल्य प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख १० हजार ५० रुपैयाँ कायम भएको छ।

मंगलबार पनि छापावाल सुनको मुल्य प्रतितोला १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ९ हजार ८५० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ३८० रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित : २० असार २०८०, बुधबार ११:५०