एक अर्ब तीन करोडकाे नौं हजार बीमा पोलिसी सरेन्डर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

एक अर्ब तीन करोडकाे नौं हजार बीमा पोलिसी सरेन्डर



काठमाडौं । चालु आवको जेठ महिनामा नौं हजार भन्दा बढी बीमितले पोलिसी सरेन्डर गरेका छन् । यस अवधिमा हाल सञ्चालनमा रहेका १५ बीमा कम्पनीका नौं हजार ७३३ बीमितले एक अर्ब तीन करोड ८९ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर गरेका हुन्।

यससंगै बैंशाख महिनाको तुलनामा जेठमा पोलिसी सरेण्डर गर्नेको संख्या घटेको छ । प्राधिकरणका अनुसार बैशाखमा जीवन बीमा कम्पनीका १० हजार ७९७ बीमितले एक अर्ब ३० करोड ८६ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर गरेका थिए ।

बीमा प्राधिकरणका अनुसार यस अवधिमा नेपाल लाइफका इन्स्योरेन्स कम्पनीका सर्वाधिक पोलिसी सरेन्डर भएका छन् । जेठमा नेपाल लाइफका दुइ हजार ८५८ बीमितले ४३ करोड ३९ लाख रुपैयाँ बराबरको बीमा पोलिसी त्यागेका हुन् ।

त्यस्तै, दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पाेरेशन लिमिटेड एक हजार ७२२ बीमितले १३ करोड ८८ लाख रुपैंया बराबरको पोलिसी त्याग गरेका छन् । साथै, राष्ट्रिय बीमा संस्थानको एक हजार ७११ बीमितले १२ करोड ४६ लाख ३९ हजार रुपैंया बराबरको सरेण्डर भएको छ ।

प्राधिकरणका अनुसार यस अवधिमा नेशनल लाइफका ८५१ बीमितले १० करोड २८ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर गरेका छन् । त्यस्तै, एसियन लाइफका तीन करोड ४९ लाख रुपैयाँ , मेट लाइफ इन्स्योरेन्सको पाचँ करोड ४९ लाख रुपैयाँ, आईएमई लाइफको एक करोड चार लाख, सन नेपाल लाइफको ३९ लाख ३३ हजार रुपैयाँ पोलिसी सरेन्डर भएका छन् ।

त्यसैगरी, चालु आवको जेठ महिनामा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका ९१ लाख ९२ हजार रुपैयाँ, सिटिजन लाइफका एक करोड ३५ लाख १७ हजार रुपैयाँ, प्रभु लाइफ इन्स्योरेन्सका ७६ लाख १८ हजार रुपैयाँ, महालक्ष्मी लाइफका ४९ लाख ४७ हजार रुपैंया, सूर्य ज्योति लाइफको छ करोड ५० लाख ४३ हजार रुपैंया, सानिमा रिलायन्स लाइफको एक करोड ३३ लाख ४३ हजार रुपैंया र हिमालयन लाइफ इन्स्योरेन्सको दुइ करोड नौं लाख १४ हजार रुपैंया बराबरको पोलिसी सरेन्डर भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।

प्रकाशित : १९ असार २०८०, मंगलवार १८:१३