शेयर बजारमा भिषण पोहिरो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

शेयर बजारमा भिषण पोहिरो



काठमाडाै १ फागुन । नेप्से १ वर्ष यता कै न्युन बिन्दुमा आइपुगेको छ । गत वर्षको फागुन ४ गते नेप्से १२५७ मा रहेकोमा त्यसयता पहिलो पटक नेप्से १२५२ बिन्दुमा आइपुगेको छ । गत विहीबारको तुलनामा भने नेप्सेमा ३ प्रतिशतभन्दा धेरैले गिरावट आएको छ  ।

नेप्से परिसुचक ४३ दशमलव ७३ अंकले घटेर १२ सय ५२ दशमलव ५० को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । आज सात समूह मध्ये होटल बाहेकका समूहमा गिरावट आएको छ ।

परिसुचक घटेसँगै कारोबार पनि केही कमी आएको छ । आज १३२ कम्पनीको ४९ करोड ४१ लाख ११ हजार ६१३ रुपैयाँको शेयर खरिदबिक्री भएको छ । गत साताको अन्तिम दिन विहिबार ५७ करोडको शेयर किनबेच भएको थियो ।

कारोबार भएका १३२ कम्पनी मध्ये पाँच कम्पनी मात्रै सामान्य मुनाफामा रहेका छन् भने अन्य १२७ कम्पनीका लगानीकर्ताले नोक्सानी बेहोरेका छन् । आज सबैभन्दा बढी बीमा समूहको ३३६ दशमलव १४ अंकले गिरावट आएको छ ।

प्रकाशित : १ फाल्गुन २०७३, आईतवार १०:४७