सामुदायीक वन उपभोक्ता महासंघ आन्दोलनमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सामुदायीक वन उपभोक्ता महासंघ आन्दोलनमा



काठमाडौं । सामुदायीक वन उपभोक्ता महासंघ आन्दोलनमा उत्रिएको छ । प्रस्तावित चुरे ऐन, मस्यौदा बन्द गरी चुरेको व्यवस्थापन वन ऐन मार्फत गर्नुपर्ने माग राखि आन्दोलनमा उत्रिएको हो ।

चुरे क्षेत्रको उत्खननदेखि अवैध शोषण गर्नका लागि अनुमतिपत्र बाड्ने र चुरे क्षेत्रमा ठूला आयोजनाहरु निर्माण गर्न दिएको भन्दै महासंघले चुरे वातावरण संरक्षण क्षेत्र र राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति तत्काल खारेज गर्नुपर्ने माग राखिएको छ ।

चुरे संरक्षण क्षेत्रको नाममा स्थानिय समुदायको अधिकार खोस्ने काम भए सामुदायीक बन उपभोक्ता महासंघ सामुदायीक बन उपभोक्ता महासंघका अध्यक्ष ठाकुर ढ्ङ्गानाले बताए । यसको विरुद्धमा आन्दोलनमा उत्रिएको ढुङ्गानाले जानकारी दिए ।

चुरे जिल्ला लगाएत नवलपरासीका स्थानिय सरकार लगाएतले खवरदार चुरे क्षेत्र घोषणा फिर्ता गनुपर्छ भनेर भेला भएर त्यस विरुद्ध लागि परेको ढुङ्गानाको भनाई छ । चुरे जनताले संरक्षण गर्ने हो । चुरेमा जनताको सहभागिता हुनु पर्ने उनको बुझाई छ । महासंघले सेतो हात्तीको रुपमा सरकारले पालेको राष्ट्रपति चुरे तराइ मधेश विकास समितीको कुनै काम नभएकोले यसलाई खारेज गर्नुपर्ने माग राखेको छ ।

आफुहरुले उठाएका मुद्धाहरुलाई राजनितिक नेतृत्वले अनौपचारीक रुपमा भने समर्थन गरेको अध्यक्ष ढुङ्गानाले बताए । हाम्रो आन्दोलन निरन्तर माग सुनुवाई नभएसम्म चलिरहने उनले बताए । माग पुरा नभएसम्म आन्दोलनलाई थप सशक्त बनाउदै लैजाने पनि उनले बताए ।

प्रकाशित : ३ असार २०८०, आईतवार १७:३८