प्यासिफिक डेभलपमेन्ट बैंक ग्लोबल आइएमईमा बिलय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्यासिफिक डेभलपमेन्ट बैंक ग्लोबल आइएमईमा बिलय



काठमाडाै २७ माघ। नेपाल राष्ट्रबैंकले ग्लोबल आइएमई बैंकलाई प्यासिफिक डेभलपमेन्ट बैंक लिमीटेड अक्वायरका लागि अन्तिम स्वीकृति दिएको छ । यो स्वीकृतिसँगै दुवै कम्पनीको संयुक्त बित्तीय कारोबार आगामी फागुन १ गतेदेखि सुरु गर्ने तयारी  गरेका छन् ।

प्राप्तिपछि बैंकको नाम ग्लोबल आइएमई नै रहने र क वर्गको बैंकको रुपमा संयुक्त कारोबार सुरु हुने बताइएको छ । एक्वीजिसनपछि पनि बैंकको मुख्य कार्यालय काठमाडौको पानीपोखरीमा रहनेछ ।

ग्लोबल आइएमई बैंकले १०० बराबर ६९.२६ को सेयर स्वाप रेसियोमा प्यासिफिसकलाई प्राप्ति गरेको हो । ग्लोबल बैंकले रिलायवल डेभलपमेन्ट बैंकलाई समेत एक्वायर गर्ने प्रक्रिया जारी छ । ग्लोबल आइएमई बैंकले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा ९० करोड ९५ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको छ ।

प्रकाशित : २७ माघ २०७३, बिहीबार ०५:३५