काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८०/८१ को विनियोजित बजेटसँगै संसदमा टेवुल हुने वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालिन खर्च संरचना पारित गरेको छ । सोमबार प्रधानमन्त्री कार्यालयमा बसेको आयोगको पूर्ण बैठकले दुबै दस्तावेज पारित गरेको हो ।
बैठकमा आयोगको अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ, आयोगका पदेन सदस्य अर्थमन्त्री डा. प्रकाशशरण महत, मूख्य सचिव सहितको सहभागिता थियो ।
Comment