काठमाडौं । सुयोग्य बचत तथा ऋण सहकारी संस्थाले चालु आर्थिक वर्षको चैत मसान्तको अपरष्किृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार सहकारीमा ३०.४४ प्रतिशत तरलता रहेको छ ।
चैत मसान्तसम्म सहकारी संस्थामा कुल शेयर सदस्यहरुको संख्या एक हजार४२६ रहेको छ भने कुल ऋणी सहकारी सदस्यको संख्या ३२३ जना रहेको छ । उक्त वित्तीय विवरण अनुसार हाल सहकारीको शेयरपुँजी २ करोड ६५ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै, जगेडा कोषमा १ करोड ८५ लाख, कुल बचत २२ करेड १७ लाख, ऋण लगानी १९ करोड रुपैयाँ रहेको छ । हाल सुयोग्य बचत तथा ऋण सहकारी संस्थाको तरलता रकम ६ करोड ७५ लाख रुपैयाँ रहेको छ । त्यस्तै, समिक्षा अवधिमा सहकारीको कुल संस्थागत पुँजी २ करोड ७ लाख, विभिन्न कोषको जम्मा रकम एक करोड ५ लाख र कुल सम्पत्ति २८ करोड ६१ लाख रुपैयाँ रहेको छ ।
Comment