सुयोग्य बचत तथा ऋण सहकारी संस्थामा ३०.४४ प्रतिशत तरलता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

मुख्य समाचार

सुयोग्य बचत तथा ऋण सहकारी संस्थामा ३०.४४ प्रतिशत तरलता

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । सुयोग्य बचत तथा ऋण सहकारी संस्थाले चालु आर्थिक वर्षको चैत मसान्तको अपरष्किृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार सहकारीमा ३०.४४ प्रतिशत तरलता रहेको छ ।

चैत मसान्तसम्म सहकारी संस्थामा कुल शेयर सदस्यहरुको संख्या एक हजार४२६ रहेको छ भने कुल ऋणी सहकारी सदस्यको संख्या ३२३ जना रहेको छ । उक्त वित्तीय विवरण अनुसार हाल सहकारीको शेयरपुँजी २ करोड ६५ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, जगेडा कोषमा १ करोड ८५ लाख, कुल बचत २२ करेड १७ लाख, ऋण लगानी १९ करोड रुपैयाँ रहेको छ । हाल सुयोग्य बचत तथा ऋण सहकारी संस्थाको तरलता रकम ६ करोड ७५ लाख रुपैयाँ रहेको छ । त्यस्तै, समिक्षा अवधिमा सहकारीको कुल संस्थागत पुँजी २ करोड ७ लाख, विभिन्न कोषको जम्मा रकम एक करोड ५ लाख र कुल सम्पत्ति २८ करोड ६१ लाख रुपैयाँ रहेको छ ।

प्रकाशित : ८ बैशाख २०८०, शुक्रबार १२:२९ 21 April, 2023 12:29 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।