काठमाडौं । सरकारले मिटरव्याजलाई दण्डनीय अपराध बनाउने गरी कानुन संशोधन गर्ने भएको छ । सत्तारुढ गठबन्धनको साझा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त जानकारी दिएकी हुन् ।
उनले यस सम्बन्धमा मिटरव्याज अपराध नियन्त्रण सिफारिस कार्यदलको २०७९ भाद्र २७ को प्रतिवेदनलाई कार्यान्वयन गर्ने र अधिकार सम्पन्न जाँचबुझ आयोग गठन गर्ने समेत जानकारी दिईन् ।
Comment