काठमाडौं । भेस्पा तथा अप्रिलिया ब्रान्डका स्कुटरहरूको नेपालका लागि आधिकारिक विक्रेता डेल्टा अटोकोर्प प्रा.लि.ले NADA Auto Show 2026 लाई लक्षित गर्दै विशेष ‘The Saving Extravaganza’ योजना सार्वजनिक गरेको छ।
स्टल नम्बर TWE-11 मा उपलब्ध यस योजनाअन्तर्गत नाडा अटो शो अवधिभर Vespa वा Aprilia खरिद अथवा बुकिङ गर्ने ग्राहकले रु. २८ हजारसम्मको विशेष लाभ प्राप्त गर्नेछन्। खरिद गर्ने ग्राहकले विशेष Vespa तथा Aprilia Laptop Bag समेत प्राप्त गर्ने कम्पनीले जनाएको छ। यो योजना नगद, फाइनान्स तथा एक्सचेन्जमार्फत स्कुटर खरिद गर्ने ग्राहकका लागि लागू हुनेछ।
यस वर्ष Vespa ले नाडा अटो शोमा आफ्नो उपस्थिति थप विशेष बनाउन Italian Café-inspired Theme मा स्टल तयार गरेको छ। स्टलको डिजाइनमार्फत Vespa को प्रतिष्ठित इटालियन डिजाइन, जीवनशैली र प्रिमियम अनुभवलाई प्रस्तुत गरिएको कम्पनीले जनाएको छ।
प्रदर्शनीको मुख्य आकर्षणका रूपमा नयाँ Aprilia SR 175 HPE, Lilac रंगको Vespa 125 तथा Oro रंगको Vespa S 125 राखिएको छ। त्यस्तै, Aprilia का Storm 125 र SR 160 तथा Vespa का विभिन्न रंगका ZX 125, Vespa 125 र Vespa S 125 समेत प्रदर्शनीमा राखिएका छन्।
डेल्टा अटोकोर्प प्रा.लि.का निर्देशक तथा सीईओ विजय कुमार महतोले NADA Auto Show 2026 मा Vespa र Aprilia का नयाँ मोडल नेपाली ग्राहकसमक्ष प्रस्तुत गर्न पाउँदा आफूहरू उत्साहित रहेको बताए।
उनका अनुसार नयाँ Aprilia SR 175 HPE तथा Lilac Vespa 125 र Oro Vespa S 125 ले ग्राहकलाई नयाँ विकल्पसँगै उत्कृष्ट अनुभव प्रदान गर्नेछन्। साथै, Vespa को Café-themed stall र ‘The Saving Extravaganza’ योजनाले नाडा अटो शोको अनुभवलाई थप विशेष बनाउने विश्वास उनले व्यक्त गरे।
Vespa तथा Aprilia का नवीनतम मोडल र विशेष अफरबारे जानकारी लिन ग्राहकले NADA Auto Show 2026 को Stall No. TWE-11 भ्रमण गर्न सक्नेछन्।


Comment