हल्लाको खेति गर्नेलाई कारबाही गरःलगानीकर्ता संघ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

हल्लाको खेति गर्नेलाई कारबाही गरःलगानीकर्ता संघ



शेयर बजारमा हल्लाको खेति गर्नेलाई शेयर लगानीकर्ता संघले कारवाहीको माग गरेको छ । बजारमा उतारचढाव आउँदा कतिपय लगानीकर्ता आत्तिएर शेयर बेच्ने प्रवृत्ति बढेको, झुटो हल्ला फिँजाएर शेयरको मूल्य घट्छ भन्दै जवर्जस्ती बेच्न लगाउने जस्ता अवान्छित कार्य भइरहेको  संघका महासचिव नबराज सुबेदीले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

यस्तो अनाबश्यक र झुटो हल्ला फैलाई शेयर बजारलाई प्रभावित पार्नेहरुलाई कारबाही गर्न लगानीकर्ता संघले नियमनकारी निकायहरुसँग माग गरेको हो । यस्ताले अनलाइन समाचार माध्यममा झुटा समाचार सम्प्रेषण गरी बजारमा आतंक मच्चाएको आरोप संघले लगाएको छ ।

प्रकाशित : 31 January, 2017 10:20 am