सेयर बजारमा दोहोरो अंकको सुधार, १ अर्ब ४४ करोडको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा दोहोरो अंकको सुधार, १ अर्ब ४४ करोडको कारोबार



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । बजार मापन गर्ने सूचक १२.१० अंकले बढेर परिसूचक १९१८.१० बिन्दुमा पुगेर रोकिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स २.४९ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ०.८० अंकले बढेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स ०.७८ अंकले बढेको छ ।

आज कारोबार भएका २५८ कम्पनीको ४० लाख ७७ हजार ७७८ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ४४ करोड ३७ लाख १३ हजार ८७८ रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा हरियाली छाएको छ । कारोबारमा बैंकिङ समूहको ३.४६, होटल १३.७६, जलविद्युत ५.३६, जीवन बीमा ३४.९३, उत्पादन तथा प्रशोधन ७६.१८, माइक्रोफाइनान्स ११५.९१, टे«डिङ समूहको उपसूचक १९.४६ अंकले बढेको छ । यस्तै विकास बैंकको उपसूचक १७.०३, वित्त कम्पनीको ४.७४, निर्जीबन बिमा समूहको उपसूचक १०.३७ अंकले घटेको छ ।

कारोबारमा सुुपर माई हाईड्रोपावर, सृजनशिल लघुवित्त वित्तीय संस्था, एशियन हाईड्रोपावर कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । साथै, तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले भने सर्वाधिक गुमाएका छन् ।

कारोबार रकमका आधारमा आइएमई जनरल इन्स्योरेन्स सबैभन्दा बढी भएको छ । यसको ६ करोड १५ लाख १३ हजार रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ ।

प्रकाशित : १४ चैत्र २०७९, मंगलवार १५:५५