स्वरोजगार लघुवित्तको हकप्रद शेयर आउँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

स्वरोजगार लघुवित्तको हकप्रद शेयर आउँदै



काठमाडौं। स्वरोजगार लघुवित्त विकास बैंकले चुक्ता पुँजी बृद्धिको लागी हकप्रद शेयर निष्काशन गर्ने भएकोे छ । बैंकले एक बराबर एकको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने तयारी गरेको छ । बैंकले हकप्रद शेयर निष्काशनसम्बन्धी प्रायोजनको लागी असार ३१ गतेबाट शेयर दर्ता किताब पनि बन्द गर्ने भएको छ ।

दुई करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १७ करोड ६१ लाख ५४ हजार दुई सय २० रुपैयाँ निक्षेप संकलन गरी ४२ करोड ९२ लाख ४२ हजार ९ सय ५० रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

प्रकाशित : ४ असार २०७२, शुक्रबार ०२:१३