सुनको मुल्य तोलामा ५०० सय रुपैयाँले घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य तोलामा ५०० सय रुपैयाँले घट्यो



काठमाडौं । सुनको मुल्य तोलामा ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १ हजार रुपैयाँ कायम भएको हो। यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, मंगलबार छापावाल सुन प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला १ लाख १ हजार रुपैयाँ निर्धारण भएको थियो ।

यता, बिहीबार चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १२ सय २० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मुल्य प्रतितोला १२ सय २५ रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित : २५ फाल्गुन २०७९, बिहीबार १२:२२