तोलामा एक हजारले घट्यो सुनको मुल्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

तोलामा एक हजारले घट्यो सुनको मुल्य



काठमाडौं । सुनको मुल्य बुधबार तोलामा १ हजार रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा १ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँ कायम भएको हो।

यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ हजार रुपैयाँ निर्धारण भएको छ ।

मंगलबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला १ लाख २ हजार रुपैयाँ निर्धारण भएको थियो ।

यता, बुधबार चाँदीको मुल्य पनि तोलामा ४० रुपैयाँले घटेर १२ सय २५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको मुल्य १२ सय ६५ रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित : २४ फाल्गुन २०७९, बुधबार ११:४९