तोलामा ५०० रुपैयाँले घट्यो सुनको मुल्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

तोलामा ५०० रुपैयाँले घट्यो सुनको मुल्य



काठमाडौं । नेपाली बजारमा शुक्रबार पनि सुनको मुल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ५०० रुपैयाँले घटेको हो।

योसँगै छापावाल सुनको मुल्य प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख २ हजार रुपैयाँ कायम भएको छ।

हिजो सुनको मुल्य प्रतितोला १ लाख ३ हजार रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य पनि तोलामा १० रुपैयाँले घटेर १ हजार २७५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार २८५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित : ५ फाल्गुन २०७९, शुक्रबार ११:१९